काठमाडौं। नेपाल र भारत बीचको अन्तरदेशीय डिजिटल भुक्तानी सहज बनाउन सम्झौता भएको छ । एनपिसिआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड एनआइपिएल र नेपाल क्लियरिङ हाउस लिमिटेड एनसिएचएलबीच भारतको युनिफाइड पेमेन्ट इन्टरफेस सम्झौता भएको हो ।
प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा एनआइपिएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानबीच उक्त एमओयू आदानप्रदान भएको हो । आमनागरिक, विद्यार्थी, तीर्थयात्री र यात्रु पर्यटकद्वारा गरिने फन्ड ट्रान्सफर एवं भुक्तानीलाई सहज बनाउँदै दुई देशबीच हुने क्रस बोर्डर आर्थिक कारोबार थप सहज गर्नु उक्त सम्झौताको प्रमुख उद्देश्य रहेको बताएको छ ।
जसअनुसार प्रारम्भिक चरणमा भारत र नेपालका बैंकहरूबीच इनवार्ड र आउटवार्ड ट्रान्सफरका लागि आवश्यक व्यवस्था मिलाउन युपिआई र एनपिआईबीच एकीकृत गरी हाल उपलब्ध भुक्तानी प्रणाली र विभिन्न च्यानललाई सबलीकरण गरिने बताएको छ ।