Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हाँडीगाउँका सम्पदालाई केन्द्रीत गरेर नेपालका सम्पदा अध्ययन गर्ने स्थल विकास गर्ने योजना


हाँडीगाउँका सम्पदालाई केन्द्रीत गरेर नेपालका सम्पदा अध्ययन गर्ने स्थल विकास गर्ने योजना

काठमाडौँ । नरःदे (हाँडीगाउँ) भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय भवन शिलान्यास भएको छ । आज महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष वीरेन्द्र प्रजापतीले वैदिक विधिअनुसार जग पूजा र शिलान्यास गरे । शिलान्यासपछिको संक्षिप्त प्रतिक्रियामा उपप्रमुख डंगोलले, सम्पदा मूल्य अन्य कुनै बस्तु वा सामग्रीसँग तुलना गर्न नसकिने बताउँदै मौलिक स्वरुपमा सम्पदा पुनरुत्थानमा महानगरपालिकाले लगानी बढाएको उल्लेख गरे । मूर्त, अमूर्त सम्पदासँगै अभिलेख सम्पदा संरक्षण र प्रवर्धनमा महानगरपालिकाले अविराम काम गरिरहेको उनको भनाइ छ ।


हाँडीगाउँलाई प्राचीन नरःदेको स्वरुपमा फिर्ता लैजान काम गरिरहेका छौँ । वडाध्यक्ष प्रजापतीले, फल्चा निर्माण यसको एउटा इटा भएको उल्लेख गरे । भवनको प्लिन्थ एरिया ९४० वर्गफिटको हुनेछ । ९.०४ मिटर उचाइ (तीन तले) हुने भवनको जमिन तला, मध्य भागमा प्राङ्गण हुनेछ । भवनको सडकतर्फको भागमा फल्चा हुनेछ । भवनभित्र वहुउद्देश्यीय सभा कक्ष, पुस्तकालय कक्ष, कार्यालय कक्षसहितका सुविधा हुनेछन् । भवन नेपाल मण्डलको परम्परागत शैलीमा निर्माण हुनेछ ।


भवन निर्माणको लागत करसहित २ करोड ८४ लाख ८० हजार रुपैयाँ थियो । सार्वजनिक खरिद प्रक्रियाबाट १ करोड ७४ लाख ७९ हजार रुपैयाँ कबोल गर्ने निर्माण पक्षले कामको जिम्मेवारी पाएको छ । २०८२ चैत मसान्तभित्र यसको निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । यो स्थानमा वि.सं. २०१९ सालदेखि पुस्तकालय सञ्चालन रहेको हाँडीगाउँ सम्पदा समाजका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए । यससँगैको फल्चा भने स्थानीय पैँता खलले प्रयोग गर्ने गरेको उनले जानकारी दिए ।