काठमाडौं । बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर आजबाट नयाँ दर लागुगर्दै छन् । कृषि विकास बैंकलेसाउनमा ५ दशमलव ४० प्रतिशत दिने भएको छ । एभरेस्ट बैंकले ६ दशमलव २५ प्रतिशत दिनेछ ।
यस्तै, अर्को ठूलो बैंक नेपाल बैंकले ५ दशमलव ४५ प्रतिशत ब्याज दिँदै आएकोमा साउनका लागि ५ दशमलव ४० प्रतिशत ब्याजदर तोकेको छ । लक्ष्मी सनराइज बैंकले असारमा ५ दशमलव ७५ प्रतिशत ब्याज दिँदै आएकोमा साउनमा ५ दशमलव ५० प्रतिशत ब्याजदरको घोषणा गरेको छ ।
त्यस्तै माछापुच्छ्रे बैंकले असारका लागि ६ प्रतिशत दिँदै आएकोमा साउन पनि त्यही नै लागू गर्नेछ । एनआईसी एशियाले असारको तुलनामा ब्याजदर घटाएको छ । असारमा उसले ६ दशमलव ५५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिएकोमा साउनमा ६ दशमलव २५ मात्रै ब्याज दिनेछ ।
राष्ट्रिय वाणिज्य बैंकले असारमा ६ प्रतिशत ब्याज दिएकोमा साउनमा ५ दशमलव ५० प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिनेछ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीतिको प्रभाव बैंकहरूमा देखिएको हो ।