काठमाडौं । मधेस प्रदेशले आगामी आर्थिक वर्ष २०८२—८३ का लागि करिब ४७ अर्बको बजेट ल्याएको छ । प्रदेश सभामा आइतबार अर्थमन्त्री सुनिलकुमार यादवले आगामी आर्थिक वर्षका लागि ४६ अर्ब ५८ करोड बराबरको बजेट प्रस्तुत गरेका हुन् । मधेस प्रदेश सरकारले बजेट प्रस्तुत गरेरसंगै आगामी आर्थिक वर्ष २०८२—८३ का लागि विभिन्न मन्त्रालयहरूमा विनियोजित बजेट विवरण समेत सार्वजनिक गरेको छ ।
प्रदेश सरकारले आज सार्वजनिक गरिएको बजेटमा सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विनियोजन गरिएको छ । प्रदेशको कुल बजेटको करिब एक तिहाइ बजेट भौतिक मन्त्रालयमा राखिएको छ ।