Thursday, September 04, 2025

२०८२ भाद्र १९, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गोंगबुबाट सुन र नगदसहित पक्राउ परेका विनोद श्रेष्ठलाई राजस्वमा पठाउने


गोंगबुबाट सुन र नगदसहित पक्राउ परेका विनोद श्रेष्ठलाई राजस्वमा पठाउने

काठमाडौँ महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङबाट सुन र नगदसहित पक्राउ परेका विनोद श्रेष्ठलाई प्रहरीले राजस्वमा बुझाउने निर्णय गरेको छ । मंगलबार प्रहरीले छापा मारेर श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार नगद र ९ केजी ८३७ ग्राम सुनका गहना बरामद गरेको थियो । गोरखा नगरपालिका वडा नम्बर–६ घर भएर गोंगबुमा बस्दै आएका श्रेष्ठमाथि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।