Wednesday, July 23, 2025

२०८२ श्रावण ८, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शेयर बजार लगातार छैटौं कारोबार दिन बढ्यो


शेयर बजार लगातार छैटौं कारोबार दिन बढ्यो

काठमाडौं । शेयर बजार लगातार छैटौं कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८० दशमलव ९७ अङ्कले बढेर २ हजार ९ सय ७३ दशमलव ७० विन्दुमा पुगेको छ । योसँगै नेप्से ११ महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसअघि गएको भदौ ६ गते नेप्से २ हजार ९ सय ७४ विन्दुमा पुगेको थियो ।

आज सबै समूहको शेयर बढेकोमा उत्पादन समूहको शेयर ४ दशमलव ६३, जीवन बीमा समूहको शेयर ४ दशमलव ३६ प्रतिशतले उकालो लागेको छ । आज ट्रेड टावर, शिवम् सिमेन्ट्स, सान्भी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन लुम्बिनी विकास बैंकको डिबेन्चर २०८९ झन्डै ४ प्रतिशतले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

हिजो १६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ३ सय १९ वटा कम्पनीका ४ करोड ३५ लाख कित्ता शेयर २० अर्ब ८ करोड रुपैयाँमा किनबेच भएको छ । यसैबीच बजार पूँजीकरण अर्थात् लगानीकर्ताको सम्पत्ति ४९ खर्ब ६२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च हो ।