Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रिय सभामा चार मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुदैँ [सूची सहित]


राष्ट्रिय सभामा चार मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुदैँ [सूची सहित]

काठमाडौं, १९ असार । राष्ट्रिय सभाको आजको बैठकमा आज चार मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुने भएको छ । दिउँसो १ बजे बस्ने बैंठकमा राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट प्राप्त सन्देश सहित आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक,२०८० सभामा टेवुल गर्ने कार्यसूची रहेको छ । त्यस्तै, विनियोजन विधेयक अन्र्तगत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ ।