Sunday, July 13, 2025

२०८२ असार २९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हरित ऊर्जा ऋणपत्र दोस्रो बजारमा सूचीकृत


हरित ऊर्जा ऋणपत्र दोस्रो बजारमा सूचीकृत

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को हरित ऊर्जा ऋणपत्र दोस्रो बजारमा सूचीकृत भएको छ । ६ प्रतिशत ब्याजदर रहेको, ७ वर्षे अवधिको यस ऋणपत्र बजारमा कारोबारमा आउने छ । बिहीबारदेखि कारोबार सुरु हुने नेप्सेले जनाएको छ ।

अंकित मूल्य १ हजारका दरको कुल ५० लाख कित्ता ऋणपत्र बजारमा सूचीकृत भएको हो । ऋणपत्रबाट संकलित रकम २५ मेगावाटसम्मका रनअफ रिभर जलविद्युत् परियोजना र सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने निफ्राले जनाएको छ ।

यो ऋणपत्र जारी गर्नका लागि कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी (कोइका) तथा ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई)ले प्राविधिक सहायता गरेका थिए ।