ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगामा लगातारको वर्षापछि काबेली खोलामा आएको बाढीले मोटरेवल पुल तथा विद्युत उत्पादन गृह लगायतका विभिन्न संरचनाहरु बगाएका छन् ।
लगातार आएको बाढीका कारण सिरिजंगा गाउँपालिका–८ याफूदिनका १५ घर परिवार विस्थापित भएका छन् भने ५ वटा सरकारी कार्यालयमा पनि क्षति पुगेको छ ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार प्रहरी चौकी, वडा कार्यालय, कञ्चनजंघा मावि, स्वास्थ्य चौकी र कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यालय र स्थानीय १५ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । सो क्षेत्रमा आज पनि बाढीले कटान गरिरहेको हाम्रा सहकर्मीले जनाएका छन् । बाढी प्रभावित क्षेत्र सदरमुकाम फुङलिङबाट तीन दिनको पैदल दूरी पर्छ । कावेली खोलामा आएको बाढीले मोटरेवल पुल, विद्युत उत्पादन गृह लगायत संरचना बगाएको छ भने सडक अवरुद्ध हँुदा यातायातका साधन समेत सञ्चालन हुन सकेका छैनन् ।