Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मुक्का हानेर चर्चामा आएका वडा अध्यक्ष साढे ६ लाख रकम लुटेर भागेको आरोप


मुक्का हानेर चर्चामा आएका वडा अध्यक्ष साढे ६ लाख रकम लुटेर भागेको आरोप

सुर्खेत, २२ असार । सर्खेतमा एक सरकारी अधिकृतलाई मुक्का प्रहार गरेर चर्चामा आएका वडा अध्यक्ष रकम दिएको भागेको भन्दै प्रहरीमा उजुरी परेको छ । वीरेन्द्रनगर नगरपालिका—३ का वडाध्यक्षसहित ३ जनाले उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर भागेको प्रहरी स्रोतले जनाएको छ । वडाध्यक्ष विनोदसिं विष्ट, सुशील गुरुङ, बलीराज शाहीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम लिएर फरार भएका हुन् ।

उपभोक्ता समितिका व्यक्तिहरूले उनीहरूलाई पक्राउ गरी कारबाही गर्न मागसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरीसमेत दिएका छन् । यो खबर नेपाल प्रेसमा प्रकाशित छ ।  बिहीबार दिउँसो ३ बजेतिर टोल समितिको अध्यक्षको घरबाट उनीहरूले रकम लिएका हुन् । काम सकेर हिसाबकिताब गरी बाँड्न लागेको रकम धम्क्याएर लगेको उपभोक्ता समितिका सदस्य दीपा खड्काले बताइन् ।