Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्रोत नखुलेको ४२ लाखबढी रकमसहित एक भारतीय नागरिकलाई पक्राउ


स्रोत नखुलेको ४२ लाखबढी रकमसहित एक भारतीय नागरिकलाई पक्राउ

काठमाडौं । वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले स्रोत नखुलेको ४२ लाख ९० हजार ४४४ रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो ३ बजेतिर शिवराज नगरपालिका–५, ग्यालेक्सी टोलस्थित रमेश बरईको एक घरमा डेरा गरी बस्ने भारत बलरापुर जिल्ला तुल्सीपुर थाना सोनपुरग्राम बस्ने २२ वर्षे शिवा पटवा भन्ने आषिशकुमारबाट उक्त रकम बरामद गरिएको हो । विशेष सूचनाका आधारमा उनी बस्दै आएको कोठामा छापा मारेर रकम बरामद गरिएको हो ।

विभिन्न दरको भारतीय रुपैयाँ २६ हजार ५ सय ४४ र बाँकी रकम नेपाली रहेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक निरञ्जनदत्त भट्टले बताए । उक्त घरबाट पैसा गन्ने मेसिन एक थान र मोबाइल एक थानसमेत बरामद गरिएको छ । बरामद रकम हुन्डीलगायत अवैध कारोबारसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।