काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएर २५ करोड पुर्याएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो कर्जाको सीमा बढाएको घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा।विश्व पौडेलले जारी गरेको पहिलो मौद्रिक नीतिमार्फत व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएको बताए । उनले यसअघि व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोड रुपैयाँ रहेकोमा त्यसलाई बढाएर २५ करोड पुर्याइएको छ । सेयर लगानीकर्ताहरूले मार्जिन कर्जाको सीमा हटाउन माग गरेका थिए । उनीहरूको माग पनि सम्बोधन भएको छ ।
मौद्रिक नीतिः व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएर २५ करोड