काठमाडौं । सरकारले सोमबार संघीय संसदमा प्रस्तुत गरेको आ.व २०८०।०८१ को बजेटमा नेपाली चलचित्र उद्योगलाई न्यायोचित सम्बोधन नगरेको भन्दै नेपाल चलचित्र निर्देशक समाजले सरकारलाई ध्यानाकर्षण गरेको छ ।
चलचित्र निर्देशकहरुको एक मात्र छाता संगठन नेपाल चलचित्र निर्देशक समाजले नेपाल सरकारले कहिल्यैपनि नेपाली चलचित्र क्षेत्रको विषयलाई लिएर गम्भिर नभएको जनाउँदै ध्यानाकर्षण गर्न प्रेस विज्ञप्ति निकालेको हो ।
सरकारले विगत वर्षहरुमा भन्दा यस वर्ष बजेटमा नेपाली चलचित्र क्षेत्र प्राथमिकतामा पर्ने विश्वास थियो तर त्यसको विपरीत बजेट आएकोले नेपाल सरकार नेपाली चलचित्र क्षेत्रप्रति उत्तरदायि नभएकोमा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले घोर आपत्ति व्यक्त गरेका छन् ।
उनले सरकारलाई अविलम्ब नगरी नेपाली चलचित्र उद्योगको पक्षमा न्यायोचित संवेदन गर्न आग्रह समेत गरेका छन् ।