काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आईतबार फेरि बजारबाट २० अर्ब रुपैयाँ प्रशोचन भएको छ ।
बैङ्किङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैङ्कले बजारबाट तरलता प्रशोचन गर्न लागेको हो ।
राष्ट्र बैङ्कले आइतबार रिभर्स रिपो जारी गरी २० अर्ब रुपियाँ तान्न लागेको हो ।
एक सूचना प्रकाशित गर्दै राष्ट्र बैङ्कले असार १० देखि १७ गतेसम्म सात दिने अवधिका लागि बोलकबोलमार्फत् २० अर्ब खिच्न लागेको छ ।
यसअघि बिहीबार मात्रै राष्ट्र बैङ्कले १० अर्ब रुपियाँ खिचिएको थियो । रिभर्स रिपोमार्फत् १० अर्ब माग गर्दा बैङ्कहरूले २६ अर्ब ३३ करोड रुपियाँको आवेदन प्रस्ताव गरेका थिए ।