Tuesday, December 16, 2025

२०८२ पुष १, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

महाकाली पूर्वका सबै भूभाग सार्वभौम मुलुक नेपालको होः प्रधानमन्त्री ओली


महाकाली पूर्वका सबै भूभाग सार्वभौम मुलुक नेपालको होः प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन् ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबीच शनिबार तियानजिनमा द्विपक्षीय भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटमा सीसँगको उक्त भेटमा ओलीले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली पूर्वका सबै भूभाग सार्वभौम मुलुक नेपालको रहेको स्पष्ट पारेको उल्लेख छ ।

चीनस्थित नेपाली दूतावासद्वारा जारी वक्तव्यमा पनि राष्ट्रपति सीसँगको भेटमा प्रधानमन्त्री ओलीले लिपुलेक नेपाली भूमि भएको उल्लेख गर्दै भारत–चीनबीच भएको सहमतिप्रति नेपाल सरकारको कडा आपत्ति रहेको जनाएको उल्लेख छ ।