Saturday, July 26, 2025

२०८२ श्रावण ११, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्र बैंकद्धारा पोखरा फाइनान्सलाई पाँचौँ पटक कारबाही


राष्ट्र बैंकद्धारा पोखरा फाइनान्सलाई पाँचौँ पटक कारबाही

काठमाडौं । पोखरा फाइनान्स कम्पनी लिमिटेडलाई पाँचौँ पटक कारबाही गरिएको छ । नेपाल राष्ट्र बैंकले यस फाइनान्स कम्पनीलाई कारबाही गरेको हो । यस फाइनान्स कम्पनीलाई पछिल्लो पटक कारबाही गर्दै नेपाल राष्ट्र बैंकले ३२ लाख रुपैयाँ भन्दा बढी जरिवाना तिराएको छ ।

‘२०८१ माघ २७ देखि चैत २३ सम्मको अवधिको लागि न्यूनतम अनिवार्य मौज्दात रकम कायम नगरेकाले विद्यमान व्यवस्था बमोजिम रु.३२,७७,६७६.३५ जरिबाना लगाइएको’, कारबाही गर्दै राष्ट्र बैंकले भनेको छ । यसअघि यस फाइनान्स कम्पनीमा नेपाल राष्ट्र बैकले गरेको स्थलगत निरीक्षणका क्रममा समस्याउन्मुख देखेको भन्दै कारबाही गरेको थियो ।

स्थलगत निरीक्षणको क्रममा संस्थाको सञ्चालक समितिले आफै वा आफू अन्तर्गतका समितिहरू मार्फत पर्याप्त निगरानी नगरेको कारण संस्था समस्या उन्मुख अवस्थामा पुग्न गएको पाइएको राष्ट्र बैकले जनाएको छ । त्यसबेला राष्ट्र बैंकले यस फाइनान्सका सञ्चालक समितिलाई सचेत गराएको थियो । त्यसपछि यस फाइनान्स कम्पनी मर्जरमा जाने भयो । कहीँ दिन अगाडी मात्रै पोखरा फाइनान्सले समृद्धि फाइनान्ससँग मर्जरमा जाने सम्झौता गरेको छ ।