काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले दोस्रो बजारको संस्थागत सुशासन र पारदर्शितामा जोड दिने बताएका छन्। नेप्सेको कार्यभार सम्हाले लगत्तै चापागाईंलाई सेयर कारोबारमा प्रविधिको प्रयोग अभिवृद्धि गर्ने र लगानीकर्ताका लागि व्यापक रुपमा सचेतना कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् । गत सोमबार सरकारले चापागाईंलाई नेप्सेको सीईओमा चूडामणि नियुक्त गरेको हो । नवनियुक्त चापागाईंले मंगलबार नियुक्तिपत्र बुझेका थिए ।
उक्त पदका लागि १० जनाको आवेदन परेकामा छनोट समितिले पहिलो चरणमा चापागाईं, पूर्णप्रसाद आचार्य, बऽीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छानेको थियो । तीमध्ये तीन जनाको नाम सिफारिस गरिएकामा मन्त्रिपरिषद्ले चापागाईंलाई नियुक्त गरेको हो ।
नेप्सेको सीईओ छान्न अर्थ मन्त्रालयले तीन साताअघि छनोट समिति गठन गरेको थियो । उपप्रधान एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार सहसचिव पोखरेलको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रूपमा खोमराज खरेल सदस्य थिए । तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गत माघ २५ देखि नेप्सेको सीईओ पद खाली रहेको थियो ।