Thursday, June 05, 2025

२०८२ जेष्ठ २३, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

टिकटक गैर–चिनियाँ कम्पनीलाई बेच्न वा अमेरिकामा प्रतिबन्धित हुने जोखिम लिन थप ७५ दिनको म्याद


टिकटक गैर–चिनियाँ कम्पनीलाई बेच्न वा अमेरिकामा प्रतिबन्धित हुने जोखिम लिन थप ७५ दिनको म्याद

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक गैर–चिनियाँ कम्पनीलाई बेच्न वा अमेरिकामा प्रतिबन्धित हुने जोखिम लिन थप ७५ दिनको म्याद दिने बताए । आफ्नो प्रशासन टिकटकलाई बचाउने सम्झौतामा धेरै कडा परिश्रम गरिरहेको उनको दाबी छ । सबै आवश्यक अनुमोदनहरूमा हस्ताक्षर भएको सुनिश्चित गर्न सम्झौतामा थप काम आवश्यक रहेको र टिकटकलाई थप ७५ दिनसम्म सञ्चालनमा राख्न कार्यकारी आदेशमा हस्ताक्षर गरेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२४ को अप्रिलमा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले बाइटडान्सलाई टिकटक बेच्न २ सय ७० दिनको समय दिने कानूनमा हस्ताक्षर गरेका थिए । गएको जनवरी २० मा पदभार ग्रहण गर्नुभएका ट्रम्पले टिकटक प्रतिबन्धलाई ७५ दिन ढिलाइ गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।