काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका अर्थ मन्त्रालय र मातहतका कार्यालयले आशिंक सेवा दिन सक्ने भएका छन् । भन्सार, आन्तरिक राजस्व, कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलगायत आगजनीले क्षतिग्रस्त बनेका छन् ।
ती कार्यालयमा सामान्य प्रकृतिका बाहेक अन्य सेवा दिन नसक्ने अवस्थामा छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले अहिले देशभरका क्षति भएका कार्यालयहरुमा विवरण संकलन भइरहेको बताए ।
सेवा दिनसक्ने कार्यालयहरुमा सुचारु गर्ने र क्षतिको पनि विवरण संकलनको कार्य भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । अर्थ मन्त्रालयको बजेट महाशाखाअन्तर्गतका केही शाखामा क्षति पुगेको छ । अन्य संरचनाबाट तत्काल सेवा दिन सक्ने अवस्थामा मन्त्रालय छ ।