Thursday, June 05, 2025

२०८२ जेष्ठ २३, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शुक्रवार भएको प्रदर्शनमा २० जनामाथि गोली लाग्यो, ५८ राउन्ड गोली प्रहार


शुक्रवार भएको प्रदर्शनमा २० जनामाथि गोली लाग्यो, ५८ राउन्ड गोली प्रहार

काठमाडौं । राजावादीहरूले शुक्रवार गरेको प्रदर्शनमा २० जनालाई गोली लागेको प्रहरीले जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश आचार्यले गोली लाग्नेमध्ये २ जना महिला र १८ जना पुरुष रहेका जानकारी दिनुभएको हो ।

गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत रहेका आचार्यले बताए । आचार्यका अनुसार आन्दोलनका क्रममा जम्मा ५८ राउन्ड गोली प्रहार भएको छ । यस्तै टियर ग्यास ७ सय ४६ राउन्ड, ब्ल्याङ्क फायर १ सय ९२ पटक भएको थियो । २ वटा गोली पेस्तोलबाट प्रहार भएको उनले बताए ।

यस्तै प्रहरीले राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दा बज्दै टियर ग्यास नहानेको र बाहिर आएको भिडियो (डीपफेक)अर्थात् भ्रामक रहेको दाबी गरेको छ । प्रवक्ता आचार्यले अर्को ठाउँमा हानेको टियर ग्यास उछिट्टिएर मञ्चमा पुगेको हुन सक्ने आशङ्का गरे ।