Tuesday, September 09, 2025

२०८२ भाद्र २४, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जेन–जीहरूको प्रदर्शनःगृहमन्त्रीको राजीनामा , प्रधानमन्त्री राजीनामा पनि माग


जेन–जीहरूको प्रदर्शनःगृहमन्त्रीको राजीनामा , प्रधानमन्त्री राजीनामा पनि माग

काठमाडौं । जेन–जीहरूको प्रदर्शनमा भएको सरकारको बल प्रयोगबाट काठमाडौं र देशका अन्य सहरमा १९ प्रदर्शनकारीको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

तर, यस्तो घटनाको जिम्मेवार गृहमन्त्री लेखक मात्रै नभई प्रधानमन्त्री ओली हुनुपर्ने विपक्षीले आवाज उठाइरहेका छन् । विपक्षी राजनीतिक दलसँगै सत्तारुढ एमाले र कांग्रेसका नेताहरूले पनि प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् । प्रधानमन्त्रीबाट राज्य सञ्चालन निरंकुश तवरबाट मात्रै हुने गरेको भन्दै उनको राजीनामा माग गरिएको हो ।


प्रमुख प्रतिपक्षी माओवादीले जेन–जीको आन्दोलनमा दमन भएसँगै सरकारको औचित्य सकिएको बताएको छ । गोरखाको आरुघाटमा मध्यपहाडी राजमार्ग अभियान स्थगित गरी आकस्मिक रूपमा पदाधिकारी बैठक बसी माओवादीले सरकारको औचित्य सकिएको भनेको हो ।

‘जायज माग र सपना बोकेर आन्दोलनमा उत्रिएका युवाहरूमाथि गोली चलाएर डेढ दर्जन युवाको गोलीबाट मृत्यु र दुई सय बढी घाइते बनाएको अवस्थाले सरकारको औचित्य सकिएको छ,’ माओवादी निष्कर्ष छ ।

माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले भने, युवालाई गोली हानेर हत्या गर्‍यो । जटिल हो । सरकारले बल प्रयोग गरेकै हो । युवाहरूमाथि गोली प्रहार गरी जनआन्दोलन २ माभन्दा बढी युवाको मृत्यु भएको छ । यो संघीय लोकतान्त्रिक व्यवस्था व्यवस्था बचाउने हो भन केपी ओलीले सरकार छाड्नुपर्छ । संसद्बाट निकास निकाल्नुपर्छ ।’