काठमाडौं, २२ असार । डिसहोमले मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप सञ्चालन गर्ने भएको छ । हाल सेट टप बक्समा मात्र सीमित टिभी च्यानलहरूलाई ओटिटी प्रविधिमार्फत कम्पनीले मोबाइल डिभाइसमा उपलब्ध गराएको हो । १५० भन्दा बढी लाइभ टिभी च्यानलहरू यो एपमा हेर्न सकिन्छ ।
सात दिनसम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रसारण भएका कन्टेन्टहरू हेर्न छुटेमा सात दिनअगाडिसम्मको कन्टेन्ट फेरि हेर्न सकिन्छ । हाल सम्पूर्ण प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराएको छ । डिसहोम गो एप मा लाइभ टिभीसँगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरू हेर्न सकिन्छ ।
ग्राहकलाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरू पनि थप्दै जाने योजना बनाइरहेको छ ।