Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालमा अलैँचीको निर्यात बढ्यो


नेपालमा अलैँचीको निर्यात बढ्यो

काठमाडौं । नेपालको कुल निर्यात घट्दा अलैँचीको निर्यात भने ७२.४६ प्रतिशतले बढेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९,८० को १० महिनामा वैदेशिक व्यापारको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांक अनुसार ७ अर्ब २८ करोड १४ लाख रुपैयाँको अलैँची निर्यात भएको छ ।

यस्तै गत आर्थिक वर्षको तुलनामा ३ अर्ब ५ करोड रुपैयाँले बढी भएको हो । सोही अवधिमा ४ अर्ब २२ करोड १९ लाख रुपैयाँको अलैँची निर्यात भएको थियो । परिमाणका आधारमा यो वर्ष ८९ लाख २१ हजार ६ सय ७९ केजी अलैँची निर्यात भएको छ । गत आवका सोही अवधिमा ४६ लाख ७० हजार ३ सय ६३ केजी अलैँची निर्यात भएको थियो ।

नेपाली अलैँची प्रतिकेजी ८ सय रुपैयाँदेखि १ हजार रुपैयाँमा निर्यात हुने गर्छ । विशेष गरी मसला उत्पादनमा प्रयोग हुने अलैंची भारतमा बढी निर्यात हुन्छ । समीक्षा अवधिमा भारतमा मात्रै ७ अर्ब २६ करोड रुपैयाँको अलैँची निर्यात भएको छ । यसैगरी, पाकिस्तानमा एक करोड ९० लाख रुपैयाँ, इटालिमा १० लाख नौ हजार रुपैयाँ र जर्मनीमा ६ लाख ३५ हजार रुपैयाँको अलैँची निर्यात भएको छ । नेपालमा १८ हजार हेक्टर जमिनमा अलैँची खेती भएको छ । तर, ३५ हजारदेखि ४० हजार हेक्टर जमिनमा अलैँची खेती गर्न सकिन्छ । समीक्षा अवधिमा नेपालको कुल निर्यात २४.४९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको १० महिनामा १ खर्ब ७३ अर्बको निर्यात भएको थियो । तर, यसपालि त्यो १ खर्ब ३० अर्ब रुपैयाँमा झरेको छ । त्यो अवस्थामा अलैँचीको निर्यात भने दोहोरो अंकले बढेको हो ।