काठमाडौं । लुम्बिनी प्रदेशमा ५ अर्ब ५० करोडको लागतमा १७ वटा पक्की पुलको निर्माण भइरहेको छ । धेरै आयोजनामध्ये ३ वटा योजना सम्पन्न भएका छन् भने अरू ९ वटा छिट्टै सम्पन्न हुने भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका पुल महाशाखा सेक्टर नेपालगन्जले बताएको छ । पुल सेक्टर अन्तर्गत निर्माण गरिने पुलहरू कम्तीमा एक सय मिटरभन्दा लामो हुनुपर्ने नियम रहेको पुल सेक्टर नेपालगन्जका योजना प्रमुख इन्जिनियर लीलाबहादुर भण्डारीले बताएका छन् । आगामी आवदेखि बजेट कमी हुने भएकाले समयमै निर्माण सम्पन्न हुन कठिन हुने योजना प्रमुख भण्डारीले बताए । यस खालका पुल निर्माण भएपछि ५ वर्षसम्म मर्मतसम्भारको जिम्मेवारी निर्माण व्यवसायीको हुन्छ ।
१७ वटा पक्की पुल निर्माण