Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

अर्बौ रुपैयाँको खर्चमा चलिरहेछ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ‘कान्स’

ओलम्पिक पछिको दोस्रो सबैभन्दा ठूलो मिडिया कभरेज ब...


अर्बौ रुपैयाँको खर्चमा चलिरहेछ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ‘कान्स’

काठमाडौं । विश्वभर चौतर्फि रुपमा अहिले ‘कान्स’ को चर्चा चुलिरहेको छ । विश्व कला क्षेत्रको सबैभन्दा महत्वपूर्ण र चर्चाको शिखरमा रहेको ‘कान्स’ले अहिले दुनियाभर रहेका दर्शक र मिडियाको ध्यान आकर्षित गरिरहेको छ ।

अर्बौ रुपैयाँ खर्च गरेर आयोजना गरिने आखिर के हो ‘कान्स’ फिल्म फेस्टिवल !

 विश्वमा सबैभन्दा व्यापक रुपले मान्यता प्राप्त पाँच अन्तर्राष्ट्रिय फिल्म समारोह मध्ये एक हो, ‘कान्स फिल्म महोत्सव’ । अहिले फ्रान्समा ७६ औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल कान्स चलिरहेको छ । यो एक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल हो । जसको सुरुवात् सन् १९४६ सेप्टेम्बर २० मा भएको थियो । यस समारोहमा विश्वभरबाटै चुनिएका फिल्म र वृत्तचित्रलाई स्क्रीनिंग गरिन्छ । शुरुवाती दिनमा यस फिल्म फेस्टिवलमा २१ देशहरुको फिल्म तथा वृत्तचित्र प्रदर्शन गरेको थियो । अहिले विश्वका थुप्रै देशहरुलगायत छिमेकी मूलुक भारतले समेत यसमा सहभागिता जनाएका छन् । भारतले सन् १९४६ देखी यसको हिस्सा बनेर सहभागीता जनाउँदै आईरहेको छ ।


गत वर्ष नेपालको तर्फबाट नेपाली नायिका सुरक्षा पन्तले कान्समा सहभागिता जनाउने अवसर पाएकी थिईन् । र उनी कान्स महोत्सवको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्री समेत बन्न सफल भईन् ।

 को–को सामेल हुन्छन् ‘कान्स’ फिल्म महोत्सवमा

यस महोत्सवमा विभिन्न देशका फिल्म निर्मातादेखी लिएर अभिनेता, निर्देशक, विभिन्न सेलिब्रेटी र उद्योगका पेशेवरहरु सामेल हुने हुँदा यसलाई सिनेमा कलाको प्रदर्शित गर्ने र त्यसको उत्सव मनाउनको लागि एक मञ्चको रुपमा लिने गर्दछ । जसमा थुप्रै किसिमका नयाँ फिल्महरुको पूर्वालोकन गरीन्छ । जुन दुनियाँभरबाटै विभिन्न वृत्तचित्र तथा फिल्महरु सामेल गरेको हुन्छ ।

‘कान्स’ फिल्म फेस्टिवल कहाँ र कहिले मनाईन्छ ?


यो महोत्सव फ्रान्सको एक सानो शहर कान्स भन्ने ठाउँमा आयोजना गरिन्छ । यो भूमध्य–सागर अवस्थित किनार भएको शहर हो । फ्रान्सको उष्ण तटीय क्षेत्रमा हुने कान्स फिल्म फेस्टिवलले विश्वभर कै पिÞmल्मी जगत्मा आफ्नो छुट्टै महत्व राखेको छ । यसलाई फेस्टिवलको ग्लैमरस सिटी पनि भन्न सकिन्छ । किनकि, यहाँ हरेक वर्ष दुनियाभरबाट कलाकार आउँछन् र विभिन्न फेसन प्रदर्शन गरेर आफ्नो जलवा देखाउँछन् । सो उत्सव परम्परागत रूपले हरेक वर्षको में महिनामा सुरु हुन्छ र लगभग १० देखी १२ दिन सम्म चल्छ ।

कान्स फिल्म फेस्टिवल बारे अन्य केही रोचक तथ्यहरुः

१. टिकटको मूल्य
‘कान्स’ फेस्टिवलको टिकट ६१०० डलर देखि लिएर २५००० डलरको बीचसम्मको हुन्छ, जुन नेपालि रुपैयाँ सात लाख देखि करिब ३३ लाख बराबरको पर्न जान्छ ।

२. पुरस्कार
प्रतिष्ठित पाल्मे डी’ओर ग्रैंड प्रिक्सको विजेतालाई बढीजसोे सम्मान, जोखिम र मान्यताका साथ हेरिने भएकाले यसलाई झन् ठूलो पुस्कारको रुपमा हेर्ने गरीन्छ ।

३. रेड कार्पेट
कान्समा रेड कार्पेट मात्रै लगभग दुई किलोमिटर लामो हुन्छ, जुन दिनमा तीनचोटी सम्म फेर्ने गरीन्छ ।

४. बजेट

यो महोत्सवको आयोजना गर्न २०€ मिलियन अर्थात् लगभग २२ मिलियन डलर बजेट सम्मको खर्च लाग्छ । जसमा बजेटको लगभग आधा हिस्सा सार्वजनिक सम्पत्तिबाट आउने गर्छ भने, अन्य आधा विभिन्न समूह संस्थान, योगदान तथा आधिकारिक भागीदारहरुबाट आउने गर्छ ।

५. प्रस्तावना

पहिलो कान्स फिल्म समारोह सन् १९४९ मा प्रस्तावित गरेको थियो । तर, द्वितीय विश्व युद्धका कारण यसलाई रद्द गरेको थियो । यो महोत्सव सन् १९४६ मा ६ सालको अंतराल पछि ११ पाम डी’ओर पुरस्कार लिएर पुनः सञ्चालन गरेको थियो । 

६. मिडियाको ध्यान  

ओलम्पिक पछि कुनै पनि कार्यक्रमको दोस्रो सबैभन्दा ठूलो मिडिया कभरेज कान्सबाट हुने हुँदा विभिन्न देशहरुबाट लगभग ४५०० पत्रकारहरु सो समारोहमा भाग लिने गरेका हुन्छन् ।

७. अन्तर्राष्ट्रिय चरित्रको उजागर

सन् २०१० मा अन्तर्राष्ट्रिय चरित्रको उजागर गर्नका लागि कान्स फिल्म फेस्टिवल रोस्टर मा ६ वटा नयाँ भाषाको फिल्महरुलाई जोडेको थियो ।

८. महिला विजेता
अहिलेसम्म कान्समा मात्र दुई महिलाहरुले प्रतिष्ठित पाल्मे डी’ओर जितेका छन्, जसमध्ये जेन कैंपियनले पहिलो चोटी सन् १९९३ मा दर्शहरुले अत्यधिक रुचाएको र प्रशंशा पाएको फिल्म ‘द पियानो’ का लागि पुरस्कार जीतेकी थिईन् । त्यस्तै, लगभग ३० वर्षपछि, सन् २०२१ मा जूलिया डुकोर्नौले आफ्नो फिल्म टाइटेनबाट पुस्कार जीतेकी थिईन् ।

यो वर्षका केही आकर्षणहरु ः