काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले धितोपत्रको थप सार्वजनिक बिक्री खुला गरेको छ । कम्पनीले ११ देखि आइपीओ निष्कासन खुला गरेको हो ।
कम्पनीको आइपीओ १६ जेठसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नभएमा भने आवेदन दिने अवधि २५ जेठसम्म थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १०० कित्ताका सम्मका लागि आवेदन दिन सक्नेछन् ।