Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गल्ती बैंकले नै ९ लाख रुपैयाँ तिर्ने दुवै पक्षबीच सहमति


गल्ती बैंकले नै ९ लाख रुपैयाँ तिर्ने दुवै पक्षबीच सहमति

काठमाडौं । रौतहटको चन्द्रपुर–४ स्थित माछापुच्छ्रे बैंकका सेवाग्राहीको खाताबाट ९ लाख रुपैयाँ हराएको विषयमा दुवै पक्षबीचको विवाद सहमतिमा पुगेको छ ।

सहमतिपछि पीडित भनिएका पक्षले विरोध स्थगित गरेको छ भने बैंकले शाखा कार्यालयबाट सेवा सञ्चालन गरेको छ । यसअघि आइतबार र सोमबार पीडित भनिएका सेवाग्राहीका आफन्तहरुले बैंक घेराउ गरी सेवा अवरुद्ध पारेका थिए । बैंकले आफ्नै तर्फबाट केही शर्तमा हराएको रकम बराबरको चेक ‘पीडित’ सेवाग्राहीलाई एक महिनापछि साट्नेगरी प्रदान गरेको   छ ।

प्रहरी कार्यालयमा दुवै पक्षबीच भएको छलफलमा एक महिनाभित्र रकम हराएको भनिएको विषयमा अनुसन्धान गर्ने निर्णय भएको छ । सो अनुसन्धानपछि बैंकको लापरबाहीका कारण रकम खाताबाट बाहिरिएको खुल्न आएमा सेवाग्राहीले चेक साट्न पाउनेछन् भने सेवाग्रहीकै लापरबाहीका कारण खाताबाट रकम बाहिरिएको पाइएमा चेक सटही हुने छैन ।