Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चैत महिनामा घरजग्गामा ६ अर्ब ३३ करोड ४६ लाख ऋण प्रवाह


चैत महिनामा घरजग्गामा ६ अर्ब ३३ करोड ४६ लाख ऋण प्रवाह

काठमाडौँ ।चैत महिनामा मात्रै घरजग्गा क्षेत्र बैंक तथा वित्तीय संस्थाहरूबाट ६ अर्ब ३३ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म घरजग्गा क्षेत्रमा जम्मा ५ अर्ब १० करोड २७ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह भएको थियो । तर चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म घरजग्गा क्षेत्रमा ११ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष सोही अवधिमा १५ अर्ब ६० करोड ६९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

जसअन्तर्गत आवासीय घरजग्गामा ९ महिनामा २ अर्ब ६५ करोड ६२ लाख रुपैयाँ प्रवाह भएको छ । गत आर्थिक वर्षको सो अवधिमा यस शीर्षकमा २ अर्ब ६ करोड ३ लाख रुपैयाँ ऋण प्रवाह भएको थियो । यो आर्थिक वर्षको ९ महिनामा व्यापारिक कम्प्लेक्समा ३ अर्ब ५९ करोड ८२ लाख रुपैयाँ ऋण लगानी भएको छ । जबकि गत वर्ष सोही अवधिमा यो शीर्षकमा ५ अर्ब ८४ करोड ९७ लाख रुपैयाँ ऋण लगानी भएको थियो ।

अन्य जग्गा खरिद र प्लटिङमा ९ महिनामा ७९ करोड २४ लाख कर्जा प्रवाह भएको छ । जग्गा खरिद र प्लटिङमा गत आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ३४ करोड ५७ लाख ऋण प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ । चालु आर्थिक वर्षको ९ महिनामा १० अर्ब ६६ करोड १० लाख रुपैयाँ व्यक्तिगत आवासीय कर्जा प्रवाह भएको छ । गत वर्ष सोही अवधिमा सोही शीर्षकमा ४१ अर्ब ७५ करोड ६३ लाख रुपैयाँ प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।