Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साताको तेस्रो दिन पनि सेयर बजारमा वृद्धि


साताको तेस्रो दिन पनि सेयर बजारमा वृद्धि

काठमाडौंं । सोमबारको तुलनामा आज सेयर बजारमा ५१ अंकले वृद्धि भएको छ । बजारको परिसूचक नेप्से ५१.३१ ले बढेर १९४२ अंकमा कायम भएको हो । सोमबार ८ अंकले नेप्से बढेको थियो ।

लगातार ६ दिनसम्म बजार हरियो बनेको छ । जसमध्य २१९ कम्पनीको मूल्य बढ्दा २ को घट्यो भने १ को स्थिर रहृयो । आज कारोबार रकम २ अर्ब २० करोड पुगेको छ । सोमबार १ अर्ब २७ करोडको कारोबार भएको थियो भने सेयर बजारका सबै उपसमूह बढेका छन् ।

यसमध्ये बैंकिङ २१ प्रतिशत विकास बैंक ८२ प्रतिशत, फाइनान्स ४९ प्रतिशत होटल तथा पर्यटन १२८ प्रतिशत जलविद्युत् ६४ प्रतिशत जीवन बीमा ३६५ प्रतिशत उत्पादन १८३, माइक्रोफाइनान्स १३७, निर्जीवन बीमा ३५५, व्यापार ८० प्रतिशत अन्य उपसमूह ३१ अंक बढे । त्यस्तौ मूल्य बढ्ने कम्पनीमा कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्त रहेका छन् । यी सबै कम्पनीको मूल्य १० प्रतिशत बढे । रिभर फल्सपावर र अजोड इन्स्योरेन्सको मूल्य ८ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, एनआईसी एसिया बैंक, हिमालयन एभरेस्ट इन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहेका छन् ।