काठमाडौँ — सनराइज बैंक र लक्ष्मी बैंकबीच मर्जरको अन्तिम सम्झौता भएको छ । सोमबार लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
गत पुस अन्तिम साता मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी बैंकले करिब साढे चार महिनापछि अन्तिम सम्झौता गरेका हुन् । यी बैंकबीच समान सेयर मिलान अनुपात (१ः१ स्वाप रेसियो) का आधारमा मर्जर तय भएको छ । यसको अर्थ मर्जरपछि पनि दुबै बैंकका सेयरधनीको सेयर कित्ता हालकै बराबर हुने छ ।