Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पर्यटकीय गन्तव्यमा निर्माण हुदै हिमाल


पर्यटकीय गन्तव्यमा निर्माण हुदै हिमाल

काठमाडौं । अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको सुन्दर हिमतालमा पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ ।

यो ताल अन्नपूर्ण र नीलगिरि हिमालमा पर्दछ । समुद्री सतहदेखि ४ हजार ५० मिटरको उचाइमा रहेको तालको १ किलोमिटर लम्बाइ र २ सय मिटर चौडाई रहेको छ । वरिपरि सुन्दर हिमशृङ्खलाको दृश्य र तालले यहाँ पुग्ने पर्यटकलाई आनन्द महसुस गराउँछ ।

मौरिस हर्गोज पद मार्गको नारच्याङस्थित हुमखोलाबाट करिब सात घण्टाको पैदल यात्रापछि तालमा पुग्न सकिन्छ । पाँच वटा साना साना ताल मिलेर बनेकाले यो ताललाई स्थानीयले पञ्चकुण्ड भनेर नामकरण गरेका छन् । यो तालको पर्यटकीय तथा धार्मिक महत्व छ । पछिल्लो समय हिमाल आरोहण गर्ने आरोही र आधार शिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको मौरिस हर्जोग पद मार्ग व्यवस्थापन समितीका अध्यक्षसमेत रहेको र आधार शिविरमा खानेपानी, टेलिफोन सेवा र पर्यटकीय पूर्वाधारको आवश्यकता रहेको उनले बताएका छन् ।