काठमाडौं । साताको द्रोस्रो कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१० अंकले बढेर १८९१.३१ को बिन्दुमा बजार बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७२ कम्पनीको ३४ लाख ९२ हजार ८३४ कित्ता सेयर किनबेच हुदाँ १ अर्व २७ करोड ६७ लाख ६३ हजार कायम भएको छ । जसमध्य निर्जीवन बिमा उपसमूहको परिसूचक २.८० प्रतिशत, होटेल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतले बढेको छ भने वित्त, जलविद्युत्, उत्पादन तथा प्रशोधन उपसमूह र विकास बैंकको परिसूचक घटेको छ ।
नेप्से बढेसँगै आइतबार २ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । राष्ट्रिय बिमा कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयर सर्किट लेभलमा कारोबार भएको हो । यसमध्य आदर्श लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशतले घटेको छ ।