Saturday, September 20, 2025

२०८२ आश्विन ४, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पत्रकारको तलब ४० प्रतिशत बढाउन सिफारिस


पत्रकारको तलब ४० प्रतिशत बढाउन सिफारिस

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकार, कर्मचारी र कामदारहरूको न्यूनतम तलबमान ४० प्रतिशत बढाउन सिफारिस गरेको छ।

समितिकी अध्यक्ष संगीता खड्काले आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई न्यूनतम तलब वृद्धिको सिफारिससहित प्रतिवेदन बुझाएकी छन्।

समितिले श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन गर्नुपर्ने, राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारको तलब मासिक ३४ हजार १२५ रुपैयाँ पुर्याउनुपर्ने सिफारिस गरेको छ।

यसैगरी ऐन पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवी कर्मचारी र कामदारको न्यूनतम तलब १८ हजार रुपैयाँबाट २५ हजार २ सय रुपैयाँ कायम गर्न पनि सिफारिस गरिएको छ।