नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ३ लघुवित्तसहित ४ कम्पनीको ३२ लाख बढी कित्ता सेयर थपिएको छ ।
एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त र सबै लघुवित्तको ३२ लाख १७ हजार ७२१.५६ कित्ता बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको छ ।
सूचीकृत हुनेमध्ये एनएलजी इन्स्योरेन्सको १३ लाख २६ हजार ६१४.३६ कित्ता, लक्ष्मी लघुवित्तको ५ लाख ७६ हजार ८१ कित्ता, इन्फिनिटी लघुवित्तको ८ लाख २९ हजार २६.५६ कित्ता र ४ लाख ८६ हजार कित्ता बोनस सेयर छन् ।
सो सबै कम्पनीको गत आर्थिक वर्षमा वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
गत आर्थिक वर्षका लागि एनएलजी इन्स्योरेन्सले १० प्रतिशत, लक्ष्मी लघुवित्तले १५ प्रतिशत, इन्फिनिटी लघुवित्तले २० प्रतिशत र सबैको लघुवित्तको १८ प्रतिशत बोनस सेयर वितरण गरेका थिए ।