Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बिमाको हिस्सा घट्यो


पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बिमाको हिस्सा घट्यो

काठमाडौं, ७ जेठ । पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बिमाको हिस्सा घटेको छ । जलविद्युत्लगायत अरू क्षेत्रका कम्पनीको सूचीकरण बढ्दै गएकाले बैंक तथा वित्तीय संस्था र बिमाको हिस्सा घटेको हो । गत चैत अन्त्यसम्म पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको हिस्सा ६३.८ प्रतिशत रहेको नेपाल स्टक एक्सचेन्ज नेप्से को तथ्यांक छ ।

 

दोस्रो बजारमा सूचीकृत सेयरको पुँजीकरणका आधारमा यो हिस्सा निकालिएको हो । आर्थिक वर्ष ०७५र७६ मा पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बिमा क्षेत्रको हिस्सा करिब ७२ प्रतिशत थियो । लामो समयदेखि बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको बाहुल्य रहँदै आएकामा दोस्रो बजारमा बिस्तारै जलविद्युत्लगायत उपसमूहको हिस्सा बढ्दै गएको जानकारहरू बताउँछन् ।

 

दोस्रो बजारमा एउटै क्षेत्रको प्रभुत्व धेरै हुँदा जोखिम हुन्छ । यसकारण पनि विभिन्न क्षेत्रका कम्पनीलाई बजारमा भित्र्याएर बैंक तथा वित्तीय संस्था र बिमाको हिस्सा घटाउँदै जाने योजना सरकार र सम्बन्धित नियामक निकायको छ । यही कारण वास्तविक क्षेत्रका कम्पनीलाई दोस्रो बजारमा सूचीकृत हुन सरकारले करलगायत विभिन्न सुविधा दिँदै आएको छ । तर ती सुविधाबाट कम्पनीहरू उत्साहजनक रूपमा दोस्रो बजारमा सूचीकृत हुन आएका छैनन् ।

 

केही वर्षयता जलविद्युत् क्षेत्रका कम्पनीहरूले सर्वसाधारणलाई सेयर जारी गरेर पैसा संकलन गर्ने क्रम बढेको छ । यसले नेप्सेमा सूचीकृत जलविद्युत् कम्पनीको संख्या बढेको छ भने सिमेन्ट, पर्यटनलगायत क्षेत्रका पनि केही कम्पनी सूचीकृत भएका छन् । यसकारण अरू क्षेत्रका कम्पनीको संख्या बढ्दै जाँदा बैंक तथा वित्तीय संस्था र बिमा क्षेत्रका कम्पनीहरूको संख्या बढ्न सकेको छैन । जसकारण समग्र पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बिमाको हिस्सा घट्दै गएको हो ।