Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

समय सिमा भित्र परियोजना नसक्नेलाई समय थपिदैनः मन्त्री गुरु


समय सिमा भित्र परियोजना नसक्नेलाई समय थपिदैनः मन्त्री गुरु

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरूङले सम्झौताबमोजिम समयमा काम पूरा नगर्ने ठेकेदारलाई सरकारले पटक–पटक म्याद थप नगर्ने बताएकी छन् । शनिबार ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्रीहरूको आवास भवन निर्माणको स्थलगत अनुगमनपछि मन्त्री गुरूङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण व्यवसायीहरूलाई आग्रह गरिन् ।

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले निर्माण गरिरहेको भवन सरकारले ०७६ कात्तिकमै ठेक्का लगाएको थियो । तर कोभिड–१९ र अन्य कारणले निर्माणमा अवरोध भएको थियो । त्यसयता भवन निर्माणकालागि तेस्रो पटक थपिएको म्याद पनि सकिदैछ ।

मन्त्री गुरूङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिइन् । ‘विकास निर्माणको काम समयमै पूरा हुन्छ भन्ने विश्वास नै गुमिसक्यो । कुनै पनि योजना सम्झौताबमोजिम पूरा नहुने अवस्था हुनु राम्रो होइन,’ मन्त्री गुरूङले भनिन्, ‘सरकारले काम नगर्ने ठेकेदारलाई पटक–पटक म्याद थप्दैन । बरू कामदारको संख्या बढाउनुस्, दिनरात गरेर भएपनि काम गर्नुस्, तर यथासक्य काम पूरा गर्नुस् ।’

त्यसक्रममा मन्त्री गुरूङले भवन निर्माण क्षेत्र वरपरका स्थानीयबासीहरूसँग समेत छलफल गरेकी थिइन् । स्थानीयबासीहरूले भवन निर्माणसँगै आसपासको सडक निर्माण, ढल निर्माण लगायतका योजनामा समेत सरकारले लगानी गरिदिनुपर्ने माग गरेका थिए । मन्त्री गुरूङले स्थानीयबासीका माग सुनेपछि ती मागहरूका बारेमा आवश्यक समन्वय गरेर काम अघि बढाउने आश्वास्त पारिन् ।