Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दुई बर्ष भित्र देशका सबै वडामा सडक सञ्जालमा पुर्याउने सरकारको लक्ष्य


दुई बर्ष भित्र देशका सबै वडामा सडक सञ्जालमा पुर्याउने सरकारको लक्ष्य

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०२३/२४ का लागि भौतिक पूर्वाधार क्षेत्रमा केही महत्वाकांक्षी लक्ष्य राखेर वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

रातिसहित दुई सिफ्टमा निर्माण कार्य गरिने सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ ।

भौतिक पूर्वाधारको काम दुई सिफ्टमा गर्ने व्यवस्था मिलाइनेछ । हुम्ला जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ । महाकाली र कर्णाली लगायतका करिडोर निर्माणलाई प्राथमिकता दिइनेछ,’ वार्षिक नीति तथा कार्यक्रममा प्रकाश पारिएको छ ।

सरकारले काठमाडौं–तराई द्रुतमार्गको निर्माण सन् २०२६ सम्ममा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । राष्ट्रिय राजमार्गमा शौचालय र नयाँ घर निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ ।

‘सहरी र राजमार्ग छेउमा सेवाग्राहीको बाहुल्य हुने सार्वजनिक स्थानमा कम्तीमा एक हजार सुविधासम्पन्न शौचालय निर्माण गरिनेछ । यो आयोजना सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सार्वजनिक-निजी साझेदारीमा राजमार्गमा स्मार्ट रोडसाइड स्टेशनहरू निर्माण गरिनेछ।

सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएका यात्रु सेवा प्रदायकलाई नियमन गर्न आवश्यक कानुनी पहल गरिने नीतिगत दस्तावेजमा उल्लेख छ ।