Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाली बजारमा सिट्रोन कार, कति पर्छ मुल्य ?


नेपाली बजारमा सिट्रोन कार, कति पर्छ मुल्य ?

काठमाडौं । नेपालका लागि सिट्रोन कारको वितरक सांग्रिला मोटर्सले नयाँ सिट्रोन सी ३ कार नेपाली बजारमा सार्वजनिक गरेको छ ।

नयाँ सार्वजनिक गरिएको उक्त गाडीले नेपालका युवा र फरक गाडीको चाहना राख्ने ग्राहकहरूको मन तान्न सक्ने विश्वास कम्पनीको गरेको छ । भारतमा निर्मित सिट्रोन सी ३ एक कम्प्याक्ट एसयूभी हो ।

कम्पनीका अनुसार आकर्षक डिजाइनमा बनाइएको सिट्रोन सी३ ले विश्वभर नै प्रशंसा पाइरहेको छ । नेपाली बजारमा पनि सिट्रोन सी ३ ले धेरैको मन जित्ने विश्वास गरेको छ।

नेपालका पाँच प्रमुख शहरहरू काठमाडौं, विर्तामोड, इटहरी, नारायणगढ र बुटवलमा रहेका सिट्रोनका आधिकारिक शोरुमहरूमा सी३ टेस्ट ड्राइभ र बिक्रीका लागि उपलब्ध रहेको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार नयाँ सिट्रोन सी ३ पी लाइभको मूल्य ३४ लाख ४९ हजार र पी फिल भाइब प्याकको ३६ लाख ४९ हजार रूपैयाँ मूल्य तोकिएको छ ।