काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा सञ्चालनमा आएको छ । यसअघि विमानस्थलमा विभिन्न मर्मतको काम जारी रहँदा दैनिक १४ घण्टामात्र खुलेको थियो । विमानस्थल व्यवस्थापनले २३ कात्तिकदेखि दैनिक १० घण्टा विमानस्थल बन्द गरी भौतिक संरचना निर्माण थालेसँगै वायुसेवा कम्पनीहरूले भने भाडा अचाक्ली बढाएका थिए ।
त्यसअघि विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा थियो । अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म खुला रहने विमानस्थल महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । यद्यपि, त्यसले उडान रोक्नु पर्ने अवस्था भने नआउने उनले जानकारी दिए । धावनमार्गबाट ७५ मिटर दायाँबायाँ संरचना निर्माणको काम हुँदा उडान रोक्नुपर्छ । जहाज अवतरण तथा उडान गर्ने क्षेत्र आसपास निर्माण सामग्री राख्न नहुने र खाल्डाखुल्डी समेत पार्न नहुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड छ ।