Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कर तिरेर एक महिनामा ६५५ मोबाइल भित्रिए, १ करोड १७ लाख ४२ हजार ६१० रुपैयाँ उठ्यो


कर तिरेर एक महिनामा ६५५ मोबाइल भित्रिए, १ करोड १७ लाख ४२ हजार ६१० रुपैयाँ उठ्यो

काठमाडौं, १९ असा । विदेशबाट फर्किने नेपालीहरुले पछिल्लो समय ६ सय ५५ वटा मोबाइल कर तिरेर ल्याएका छन् । आगामी आर्थिक वर्षको बजेटमार्फत विदेशबाट फर्कंदा ल्याइने फोनमा कडाइ गरेसँगै गत जेठ १५ देखि असार १७ सम्म त्रिभुवन विमानस्थल भन्सार कार्यालयमार्फत ९३८ वटा मोबाइल भित्रिएको हो। यसमा २८३ मोबाइलले कर छुट पाएका छन् । १ करोड १७ लाख ४२ हजार ६१० रुपैयाँ कर तिरेर ६५५ वटा मोबाइल भने नेपाल भित्रिएको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले थप फोन ल्याउँदा ५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्यअभिवृद्धि (भ्याट) कर तिरेर ल्याउन पाइने त्रिभुवनस्थल भन्सार कार्यालयका निमित्त भन्सार प्रशासक नारद गौतमले बताए । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई ६ महिनाभन्दा बढी अवधि विदेशमा बसी फर्केका नेपाली नागरिकले प्रयोग गरिरहेको फोन र थप एक थान फोन निःशुल्क र थप फोनमा भने कर तिरेर मात्रै ल्याउन पाइने व्यवस्था गरेको छ ।