Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कायम मुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना लाई


कायम मुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना लाई

काठमाडौं । कायम मुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले पाएकी छन् । सोमबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।


नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उनलाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकिएको अर्थ मन्त्रालयले प्रस्ट्याएको छ । उनी राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर हुन् ।

यही चैत २४ देखि निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएको छ । गभर्नर सिफारिसका लागि उपप्रधान एवम् अर्थमन्त्री पौडेलको संयोजकत्वमा समिति गठन गरेपनि सोमबारसम्म सिफारिस भइसकेको छैन ।