Tuesday, September 02, 2025

२०८२ भाद्र १७, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकार पूर्वाधार विकासमा वित्त व्यवस्थापनको चापमाः अर्थमन्त्री विष्णु पौडेल


सरकार पूर्वाधार विकासमा वित्त व्यवस्थापनको चापमाः अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अहिले पूर्वाधार विकासमा वित्त व्यवस्थापनको चापमा रहेको बताएका छन् । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ बारे सोमवार राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले ट्रेजरीमाथि भर गरेर पूर्वाधार निर्माणका क्षेत्रमा आजका आवश्यकताहरू सम्बोधन गर्न कठिन हुने अवस्था रहेको बताएका हुन् ।

उनले बजेट निर्माण गर्दै गर्दा जनप्रतिनिधिले समग्र देशका विकासका आयोजना जोडदार ढङ्गले उठाउने गरेको भन्दै माग सम्बोधन गर्ने चाहना हुँदा हुँदै पनि साधन र श्रोतको सीमितताका कारण पूरा हुन नसकेको बताए ।

विधेयक पारित भएसँगै पूर्वाधारको क्षेत्रमा नयाँ ढोका खुल्ने जिकिर गरे । उपप्रधानमन्त्री पौडेलले स्वदेश र विदेशको पुँजी परिचालन गर्ने र पूर्वाधार क्षेत्रमा लगानी गर्ने काममा सरकार लागेको बताए ।