Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

महानगरको बजार अनुगमन: कफी हाउसलाई १० हजार जरिवाना


महानगरको बजार अनुगमन: कफी हाउसलाई १० हजार जरिवाना

काठमाडौं ,१९ असार। काठमाडौं महानगरपालिकाले बजार अनुगमन  मंगलरबारदेखि सुरु गरेको छ । खाद्यान्न लक्षित अनुगमन बढाउने उदेश्यसहित  गरिएको बजार अनुगमनमा एक पसल लाई  कारबाहीमा परेको छ ।

महानगरका मेयर बालेन्द्र शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंकाअनुसार मंगलबार गरिएको बजार अनुगमनमा हिमालयन कफी पसल कारबाहीमा परेको हो । महानगरले बत्तिसपुतलीमा रहेको हिमालयन कफी हाउसको अनुगमन गरेको थियो । अनुगमन क्रममा कफी सपमा उपभोग्य मिति नभएको केकजन्य वस्तु बरामद भएको महानगरपालिकाले बताएको छ ।

उत्पादन र उपभोग्य म्याद नभएको उक्त वस्तु जफत गर्दै महानगरले कफी पसललाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै, पसलमा सरसफाई राख्न र गुणस्तरीय वस्तु मात्रै बिक्रि गर्न महानगरले पसललाई सचेत गराएको छ ।