Thursday, January 09, 2025

२०८१ पुष २५, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हिंसापीडित महिलाका लागि मंगला-सहाना पुनर्स्थापना केन्द्र बनाइने


हिंसापीडित महिलाका लागि मंगला-सहाना पुनर्स्थापना केन्द्र बनाइने

काठमाडौँ — सरकारले हिंसापीडित महिलालाई पुनर्स्थापना गर्नका लागि भक्तपुरमा एक केन्द्र स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमा हिंसा पीडित महिलाहरूलाई पुनर्स्थापना केन्द्र स्थापना गर्ने योजना राखिएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले हिंसापीडित महिलाका लागि भक्तपुरमा पुनर्स्थापना केन्द्र स्थापना गरिने योजना रहेको जनाए ।

लैंगिक हिंसा पीडित तथा प्रभावित व्यक्तिका लागि प्रदान गरिने कानुनी सहायता, मनोसामाजिक परामर्श लगायतका सेवालाई गुणस्तरीय बनाइनेछ,ु उनले भने, हिंसापीडित महिलाको पुनर्स्थापना गर्न भक्तपुरको सूर्यविनायकमा मंगला(सहाना पुनर्स्थापना केन्द्र निर्माण गरिनेछ ।

हिंसापीडित महिलाको लागि कांग्रेसकी पूर्वनेत्री मंगलादेवी सिंह र एमालेकी नेतृ सहाना प्रधानको नाममा पुनर्स्थापना केन्द्र निर्माण गर्ने योजना सरकारले ल्याएको हो ।