Thursday, September 18, 2025

२०८२ आश्विन २, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री कुलमान घिसिङको निर्देशन


तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री कुलमान घिसिङको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन सडक विभागलाई निर्देशन दिएका छन् । घिसिङको सचिवालयका अनुसार बुधवार भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले मन्त्री घिसिङसमक्ष तत्काल उक्त राजमार्ग खुलाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।

त्यसलगत्तै मन्त्री घिसिङले विभागका महानिर्देशक विजय जैसीलाई अवरुद्ध सडक तत्काल खुलाउन निर्देशन दिएका हुन् । मन्त्री घिसिङको सचिवालयका अधिकारी सचिन गौतमले उक्त सडक खुलाउन विभागका महानिर्देशकलाई निर्देशन दिएको जानकारी दिए ।

गत साउन १८ गतेदेखि अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको कोदारी खण्ड ९इको पहिरो० मा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । सडक डिभिजन चरिकोटले मर्मत गरी गत भदौ ५ गते एकतर्फी सञ्चालनमा ल्याएको थियो । तीन दिन ९भदौ ५ गतेदेखि ८ गतेसम्म० मात्र सञ्चालनमा आएको यो सडक अहिले पनि पूर्ण रूपमा बन्द छ ।