काठमाडौं । रोजगारीको सिलसिलामा वैशाख महिनामा ५४ हजारभन्दा बढी नेपाली बाहिरिएका छन् ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख महिनामा विश्वका ९० वटा देशमा ५४ हजार ४५७ जना नेपाली विदेशिएका छन् ।
वैशाख महिनामा २१ हजार १७ जनाले पुनः श्रम स्वीकृति लिई विदेशिएका छन् भने ३३ हजार ४४० जनाले नयाँ श्रम स्वीकृति लिई विदेशिएका छन् । त्यसमा ४९ हजार ५०९ जना पुरुष र ४ हजार ९४८ जना महिला रोजगारीको खोजीमा विदेशिएका छन् ।
वैशाख महिनामा सबैभन्दा बढी नेपाली युवा मलेसिया पुगेका छन् । जसमा मलेसियामा मात्रै १४ हजार ६३७ जना पुगेका छन् । त्यसपछि कतारमा १० हजार २३० जना, युएईमा ९ हजार ४८३ जना, साउदी अरेबियामा ८ हजार ६८१ जना, साउदी कोरियामा २५ सय ७४ जना र कुवेतमा २१ सय १० जना विदेशिएका छन् ।
त्यसैगरी, बहराइनमा ५०५ जना, क्रोसियामा २१६ जना, साइप्रसमा ४६० जना, जापानमा ८१७ जना, मस्को चीनमा ३२३ जना, माल्दिभ्समा ४३० जना, माल्टामा २५७ जना, ओमनमा ३५० जना, पोल्यान्डमा ६३५ जना, रोमनियामा १६ सय ६ जना र युएसएमा १५८ जना पुगेका छन् ।
नेपालबाट वैशाखमा ५४ हजार नेपाली बाहिरिँदा १६ जना उच्च दक्ष कामदार विदेशिएका छन् । त्यसमा उच्च दक्ष भएको १६ जना पुरुष र एक जना महिला विदेशिएका छन् । त्यसैगरी, ९९ जना प्रोफेसनल, ४९ हजार १५ जना अर्धदक्ष, दक्ष ३७ हजार ९९१ जना र ११ हजार ४४३ जना अदक्ष कामदार विदेशिएका छन् ।

 
                             
                                     
	                                         
	                                         
	                                         
	                                         
	                                         
	                                        .jpg) 
                     
                     
                     
                     
                    