काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । भने चाँदीको मूल्य बढेको छ । अघिल्लो कारोबार दिन प्रतितोला ५ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार १सय रुपैयाँ छ भने तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तौ , आज चाँदीको मूल्य भने बढेको रहेको छ । शुक्रबार प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।