काठमाडौं । बचतकर्ताको पैसा दिन नसकेका सहकारीलाई समय दिइने भएको छ । सहकारी विभागले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । विभागका रजिष्ट्रार नमराज घिमिरेले यसको लागि बचतकर्ताले धैर्य गर्नुपर्ने बताएका छन् । उनले यस्ता सहकारीले सदस्यलाई विश्वास दिलाउन स्वेतपत्र जारी गर्नुपर्ने बताएका छन् ।
दायित्वको कानुनी ग्रहण नगरेसम्म यो सुविधा नपाइने घिमिरेको भनाइ छ । कानुनी रुपमा दायित्व ग्रहण गरेपछि सञ्चालक भाग्ने सम्भावना नहुने उनले बताएका छन् । ‘बचतकर्ता र सञ्चालकको आपसी समझदारीले मात्रै समय पाइन्छ, सञ्चालकले बचतकर्ताको बचतको ग्यारेन्टी दिनु पर्छ, । यस्तै, उनले अहिले सहकारी बारे आइरहेको विषयवस्तुप्रति सरकारको ध्यानाकर्षण गम्भिर भएको र यसको लागि कार्यदल बनेको जानकारी दिए ।
सहकारीमा केही समस्या आइरहेको र दैनिक जसो संचालकहरु भाग्ने गरेको बताउँदै उनले भने,’ सहकारीमा तीन किसिमको समस्या देखिएको छ,कोभिड कारण अर्थतन्त्रमा समस्याका परेको देखिएको बताउँदै उनले भने, ‘वित्तीय कारोबार गर्ने १५ हजार सहकारी रहेकोमा सहकारीमा समस्या देखिएपछि बचतकर्ताले रकम फिर्ता लिन थाले, यसले राम्रो सहकारीलाई पनि समस्या आयो ।’ यस्तै, सहकारीका सञ्चालकहरुले घरजग्गा लगायत व्यवसायमा लगानी गरेको र घरजग्गामा दबाब आउँदा यो अवस्था आएको उनले बताएका छन् ।