काठमाडौं । नेपाल राष्ट्र बैंकले २९ अर्ब १३ करोडबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । यही जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ । यही ८ गते पनि केन्द्रीय बैंकले ३४ अर्ब २० करोडबराबरको ट्रेजरी बिलको बोलकबोल प्रक्रियामार्फत बिक्री गरेको थियो । पछिल्लोपटक बिक्री गर्न लागिएको ट्रेजरी बिल २८ दिनको अवधिदेखि ३ सय ६४ दिने अवधिसम्मका छन् । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक