काठमाडौं । विदेशबाट फर्किने नागरिकले आफूले प्रयोग गरिरहेको एक थान मोबाइल फोन भन्सार महसुल नतिरी ल्याउन पाउनेछने श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले थप एउटा मोबाइल ल्याउँदा कुनै पनि महसुल नलाग्ने ।
नेपालमा मोबाइल फोनको नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा ल्याएको छ । उक्त प्रणालीमा दर्ता नभएका मोबाइल फोन नचल्ने । नेपाल सरकारको २०८० वैशाख २६ गते मन्त्रिपरिषद्ले निर्णय गरे अनुसार विदेशबाट फर्किने यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल महसुल नतिरी ल्याउन पाउने एक थान मोबाइल फोन सेटको घोषणा भन्सार कार्यालयमा गर्नपर्ने ।
उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्न सक्नेछन् । श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गएको कम्तीमा ६ महिना काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप एक थान मोबाइल फोनको सम्बन्धमा भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्नेछ ।